ढल्केवरको गेष्ट हाउसबाट एक युगल जोडी पक्राउ


१० फागुन  । धनुषाको ढल्केवरस्थित एक होटलबाट प्रहरीले एक युगल जोडीलाई पक्राउ गरेको छ ।

मंगलवार मिथिला नगरपालिका–६ ढल्केवरस्थित रहेको मनकामना गेष्ट हाउसबाट एक युगल जोडीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

स्थानीयको व्यापक जनगुनासो बढेपछि चेकजाँच गर्ने क्रममा सो गेष्ट हाउसबाट अन्दाजी १८-१९ वर्ष समूहका एक युगल जोडीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले द पब्लिक टुडेलाई जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरु दुवैजना प्रेमी–प्रमिका रहेको खुलेको छ । ‘दुवैजना प्रहरी नियन्त्रणमा रहेको छ । उनीहरुसँग बयान लिएर हामी अनुसन्धान गर्दैछौं । अहिले उनीहरुको परिवारलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । अनुसन्धानको निश्कर्ष अनुसार हामी अघि बढ्छौं,’ प्रहरी निरीक्षक सुवेदीले भने ।

गेष्टहाउस सञ्चालक सन्तोष दासलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । व्यवसायिक रुपले अबैध यौन धन्दा चलाइरहेको ठहरिए उनीमाथि कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक सुवेदीको भनाइ छ ।

ढल्केवरका केही होटल सञ्चालकहरुले गेष्ट हाउसको नाममा वेश्यावृत्ति चलाइरहेका स्थानीयको आरोप छ । होटलहरुमा दिनदहाडै अबैध यौन धन्दा चलिरहेको भन्ने स्थानीयको व्यापक जनगुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ ।

द पब्लिक टुडे


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको