र्‍यापर लाउरे धरौटीमा रिहा


१० फागुन, काठमाडौं । लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा भएका छन् । मंगलबार कास्की जिल्ला अदालतले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

लागूऔषध प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । अन्य तीन जनालाई भने पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

पोखरा नयाँबजारका राना ‘रअ बाज’ र्‍याप ब्याटलपछि चर्चामा आएका थिए । पछि उनी लाहुरे, मेरो सोल्टा, हाउडे, केस नं ४२०, पोखरालगायत गीतबाट युवापुस्तामाझ लोकप्रिय बनेका थिए । उनले गीतसंगीत हुँदै तान्डव नामक फिल्ममा समेत अभिनय गरिसकेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको