पानीको फोहोरा फाल्ने गाडी संसद भवन परिसरभित्र


६ फागुन, काठमाडौं । प्रदर्शनकारीमाथि पानीको फोहोरा फाल्ने गाडी संसद भवन परिसरभित्र राखिएको छ । नेपाल प्रहरीको उक्त गाडी संसद भवनको पार्क क्षेत्रमा राखिएको हो ।

संसद सचिवालयका कर्मचारीहरु आज बिहान कार्यालय जाँदा उक्त गाडी भवनभित्रै थियो । अहिले भने सो गाडीलाई प्रहरीले संसद भवन परिसरबाट बाहिर निकालेको छ ।

बुधबारको दिन एमसीसीको विरोधमा संसद भवन अगाडिको सडकमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो ।

प्रदर्शन आज पनि हुन सक्ने अनुमानमा संसद भवन परिसर वरपर प्रहरीको तैनाथी बढाइएको छ ।

 

फोटो अनलाइन खबर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको