५ फाल्गुन। वीरगञ्जमा बिहिवारदेखि पुनः कपडा बैंक सञ्चालनमा आएको छ ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, व्यवस्थित वीरगञ्ज अभियान र वुमेन क्रियशनको सयुँक्त सहभागितामा वीरगञ्ज कपडा बैंक सञ्चालन गरिएको हो ।
गरिब, बिपन्न एवम् न्युन आर्थिक अवस्थाका व्यक्तिहरुलाई मध्यनजर गर्दै कोभिड १९ का कारण बन्द रहेको बैंक सूचारु गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
अबदेखि हप्तामा १ दिन बिहिवार साँझ ५ बजेदेखि वीरगञ्ज महानगरपालिका कार्यालयको अगाडी रहेको कपडा बैंकबाट नयाँ र पूरानो कपडा वितरण गरिनेछ । बिहिवार पहिलो दिन ५० जनालाई कपडा वितरण गरिएको छ ।










