बलात्कार आरोप लागेका सर्लाहीका २९ वर्षे युवालाई १० वर्ष कैद


५ फागुन । बलात्कार आरोप लागेका एक जनालाई जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद सजाय सुनाएको छ।

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिपुर नगरपालिका ५ लक्ष्मीपुरका २९ वर्षीय गरिब साह तेलीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको हो।

सर्लाही जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासबाट ३ फागुनमा मुद्दाको अन्तिम फैसला गर्दै १० वर्ष कैद र १ लाख २५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिए।

पीडित बालिकालाई तेलीले ०७६ माघ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा माघ ७ गते उजुरी दिएको थियो। पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७६ माघ ७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको