जनता समाजवादी पार्टी कपिलवस्तुको अध्यक्षमा पुनः शैलेन्द्र यादव


४ फागुन,कपिलवस्तु । जनता समाजबादी पार्टी नेपाल र राजपा बिच भएको समायोजन पछि कपिलवस्तुमा शैलेन्द्र कुमार यादवको अध्यक्षतामा फेरी १ सय ५ सदस्यीय जिल्ला समन्वय समिति चयन गरिएको छ ।

जनता समाजबादी पार्टीले तौलिहवामा राखेको पुर्व पार्टी समाजबादी पार्टी नेपाल र राजपा नेपाल बिच जिल्ला समायोजन घोषणा सभामा सो समिति चयन गरिएको हो । समायोजन समितिका संयोजक तथा पार्टीका प्रदेश उप प्रमुख अब्दुल रसिद खाले सो समितिको घोषणा गरेका हुन । सो अवसरमा अध्यक्ष यादवलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । समितिमा ५ जना उपाध्यक्षहरु बनाइएका छन । उपाध्यक्षहरुमा राम निवास पुरी, अजित कुमार सिंह सरफुद्दीन मुसलमान, शिव प्रताप चौधरी र चमन प्रकाश चौधरी छन ।

सचिवमा चोपलाल राहुल मगर र सह सचिवहरुमा माहोम्मद ईरफान रजा मुसलमान, बिनोद कुमार चौधरी, अनिता चमार र कोषाध्यक्षमा आरती सिंह यादव छन । सदस्यहरुमा कृष्ण कुमार तिवारी, रामगोपाल यादव शिवलाल यादव लागयत छन । घोषणा सभामा आगामी बैशाख ३० गते हुने पालिको निर्वाचनमा जिल्लाका १० वटै तहमा पार्टीका उम्मेदवारलाई जिताउनु पर्नेमा जाड दिइएको थियो ।

कार्यक्रममा पार्टीका अनुशासन समितिका संयोजक नरसिंह चोधरी, पार्टीका केन्द्रिय सदस्य नारायण खनाल, लुम्बिनी प्रदेश का ईन्चार्ज तथा पुवृ मन्त्री दान बहादुर चौधरी , सुद्धोदन गाउपालिकाका प्रमुख निसार अहमद खा, मायादेबी गाउपालिकाका अध्यक्ष बजरंगी चौधरी, गीता श्रीवास्तव, अकरम पठान, शैलेन्द्र यादव लगायतले मन्तब्य दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको