बर्दिबास मोक्षधाममा पहिलो प्रतिक्षालय बन्दै


देबराज तामाङ

१ फागुन । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा न. एक मा रहेको रातु ठाकुर मोक्षधाम भित्र प्रतिक्षालय भवन भन्ने भएको छ ।

विभिन्न समाजिक कार्यमा अग्रसर हुदै आउनु भएका स्थानीय समाजसेवी घुरन महतोले आज आईतवार प्रतीक्षालय भवनको शिलन्यास गर्नु भएको छ ।

बर्षा यामको समयमा मलामी आएका मानिसहरुलाई ओत छ्हारिको व्यबस्था नहुदा पानी मै भिझेर बस्न बाध्य भएको र स्थानिय ब्याक्तिहरुलाई पनि बस्नको लागि सहजता होस भन्ने उदेश्यले आफ्नै ब्याक्तिगत लगानिमा प्रतीक्षालय भवनको निर्माण गर्न लागेको महतोको भनाई छ ।

आज एउटा ठुलो सोउभग्य उपलब्ध भयको छ मोक्षधामलाई यो एउटा पुन्ने काम हो यो निस्वार्थ भावको काम यसमा कुनै किसिमको स्वार्थ रहेको छैन यो बिसुद्ध समाजसेवा भएको हुनाले जुन यो साहासी काम घुरन महतो जिउले गर्नु भएको हुदा उहालाई मोक्षधाम बर्दिबास समितिको तर्फ बाट धन्नेबाद दिदै धामका अध्यक्ष कृष्ण देबकोटाले बताउनु भयो ।

त्यस्तै अन्य दाताहरुसङ्ग पनि आग्रह गर्दै यो निस्वार्थ काम भएको हुदा यसमा कुनै पनि सरकारी बजेट बिना जनस्तरबाट निर्माण हुन गैरहेको र केही जनस्तरका कामहरु भैसकेको र ४० प्रतिशात जति काम सम्पन्न पनि भैसकेको अध्यक्ष देबकोटाले जानकारी गराए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको