बर्दिबास नगरपालिका र रोटरी कलव अफ बर्दिबासले २ सय घरधुरीमा पानिको सम्स्या मुक्त बनाउने


२९ माघ महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका १० र ११ वडामा पर्ने भाङ्ग्रे झ्याउरे बस्तीमा खानेपानीको अभाब भएको हुदा आज सिलन्यास गरीएको छ ।

२ महिनाभित्र वर्दिबास नगरपालिकाबासीहरु पानीको समस्यावाट मुक्त बन्ने नगरप्रमुख बिदुर कार्कीले बताएका छन । पानीका समस्या भएका ठाउँमा झण्डै २४ करोडको लागतमा कामहरु कार्यान्वयनको चरणमा रहेको बताउदै कार्कीले त्यस्को तत्काल सावधान हुने बताए ।

आज बर्दिबास १० र ११ पर्ने भाङ्ग्रे झ्याउरे खानेपानी परियोजनाको सिलन्यास गर्दै नगरप्रमुख कार्कीले पानीको चरम अभाव रहेको सात दिने गाउँ, चिसापानी, बम्जनटार, पिपल खोला, पुर्वी खोला, भाङग्रे, झ्याउरे, पिपलदमा, पुर्वीखोला जस्ता ठाउँका झण्डै २ सय घरधुरीमा एक घर, एक धारो हस्तान्तरण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । यो परियोजनामा रोटरी कलवको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लागत रहनेछ ।

झण्डै ७५ लाख लागत अनुमान गरिएको उक्त परियोजनावाट यस ठाउका लगभग १२ सय जनसंख्या लाभान्वित हुने प्रावधिक पक्षको सर्वेक्षण छ । रोटरी कलव अफ बर्दिबास र धुलीखेलको सहयोगमा ६० लाख रोटरी कलवको तर्फवाट बेहोरिने रोटरी कलव अफ बर्दिबासका सभापति बिष्णु खडकाले जानकारी दिए ।

रोटरी कलव अफ बर्दिबासले विगत देखी नै विभिन्न कार्यक्रमहरु गदै आएको छ समाजमा रहेको समस्याहरुलाई समधान गदै शिक्षा, स्वास्थ्य क्षेत्रमा निकै अग्रसर हूदै आएको हूदा आज खाने पनि परियोजनालाई लिएर यस क्षेत्रमा बर्दिबास नगरपालिका र रोटरी कलवको यो परियोजना सफल हूदा याँहाका जनताहरुको लागी ठुलो राहत हूने छ कांग्रेसका युवा नेता प्रहलाद क्षेत्रीले बताए ।

नगरप्रमुख बिदुर कार्कीसग आउदा पानीको अत्यन्त समस्या देखेपछी पानीको तत्काल सावधानको लागी हामी पहलकदमीमा लाग्यौ ।झ सभापती खडकाले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको