मधेश सरकारले जनयुद्धमा शहिद भएकाहरुलाई सम्मान र आर्थिक सहयोग गर्ने


२८ माघ । मधेश प्रदेस सरकारले जनयुद्धका क्रममा शहिद भएकाहरुको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

फगुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाईने र सो दिन एक विशेष कार्यक्रम संगै जनय्द्धका शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने प्रदेश सरकारले जनाएको छ ।

बिगत तिन बर्षदेखी माघ (पाँच) गतेलाई मधेश बलिदानी दिवसको रुपमा मनाउँदै आएको मधेश प्रदेस सरकारले पहिलो पटक फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको हो ।

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गतको मधेशी शहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो ।

सो कार्यक्रममा गत २०५२ सालदेखि २०६२ सालसम्म चलेको जनयुद्धका क्रममा शहिद भएकाहरुको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने सचिव महतोले बताउनुभयो ।

पहिलो चरणमा कार्यक्रममै प्रदेशको ८ वटै जिल्लाका ५(५ जना गरी ४० जना जनयुद्धका शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने सरकारको तयारी रहेको उहाँको भनाई छ । त्यसपछि क्रमशः अन्य शहिद परिवारहरुलाई पनि सम्मान र आर्थिक सहयोग प्रदान गरिने मन्त्रालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको