मधेश प्रदेश : जाँचबुझ आयोगसम्बन्धी विधेयक पारित


२६ माघ । मधेश प्रदेशमा जाँचबुझ आयोग सम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ । बुधबार प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पेस गरेको जाँचबुझ आयोगको गठन तथा काम कत्वर्य र अधिकारको सम्बन्धमा बनेको विधेयक पारित भएको हो ।

सार्वजनिक महत्तवको विषय, आन्दोलन, हत्या, बलात्कारजस्ता विषयमा जाँचबुझ गर्ने अधिकार विधेयकमा उल्लेख गरिएको छ । जाँचबुझ आयोग महत्तवपूर्ण विषयमा निश्चित समयका लागि मात्रै हुने बताइएको छ ।

विधेयकमाथिको छलफलमा प्रतिपक्षका सांसदले सरकारले विधेयक र समिति मात्रै बनाएको भन्दै आलोचना गरेका थिए । कानुन कार्यान्वनयमा मधेश सरकार फितलो रहेको (लोसपा) का सचेतक परमेश्वर साहले आरोप लगाए ।

सरकारको हरेक राम्रा कदममा साथ दिनै भन्दै बनेको ऐनहरू कार्यान्वयनमा ध्यानकर्षण गराए ।
यस्तै, सत्तापक्षले सरकारको बचाउ गरेको थियो ।

प्रदेशसभा बैठक फागुन १ गते सम्मका लागि स्थगित भएको सभामुख सरोजकुमार यादवले घोष्णा गरेको हो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको