त्रिवि ले समयमा नतिजा प्रकाशन नगर्दा विद्यार्थीहरु मर्कामा


२६ माघ । त्रिभुवन विश्वविद्यालयले समयमा नतिजा प्रकाशन नगर्दा विद्यार्थीहरु मर्कामा परेका छन्। त्रिवि नियमावली अनुसार कुनैपनि परीक्षा सकिएको तिन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने प्रावधान छ। तर त्रिविले परीक्षा लिएको एक वर्षसम्म पनि केहि संंकायको नतिजा सार्वजनिक गरेको छैन। परीक्षाको नतिजा ढिलो आउँदा शैक्षिक क्यालेण्डर अन्यौल बनेको छ भने विद्यार्थीहरु माथिल्लो तहमा जान पाएका छैनन। स्नातक तह चौथो वर्षको परीक्षा दिएपनि नतिजा समयमा नआउँदा स्नातकोत्तर तहमा जान वञ्चित हुनुपर्ने बाध्यता छ।

त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी रविना शाक्यले स्नातक तह विज्ञान शंकायको नतिजा ७ महिना वितिसक्दापनि नआएको गुनासो गरिन। उनले अन्नपूर्णसंग भनिन्, ‘परीक्षा दिएको ७ महिना वितिसक्यो नतिजा आउने कुनै संकेत छैन। के गर्नु रु ’ त्रिविले समयमा नतिजा सार्वजनिक नगर्दा विद्यार्थीहरु माथिल्लो तहमा अध्ययन गर्नबाट बञ्चीत हुनुपरेको छ।

एमए राजनीतिशास्त्रको परीक्षा दिएर बसेका एक अधिकृतले भने नतिजा नआउँदा आफूलाई अफ्ठेरो परेको गुनासो गरे।

गत माघ ११ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले परीक्षा नियन्त्रण कार्यालय बल्खुमा अनुगमनमा पुगेका थिए। उनले अनुगमनमा समयमै परिक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका थिए। मानविकी संकाय, शिक्षा शास्त्र, विज्ञान शंकायको समयमा नतिजा नआएको पिडीत विद्यार्थीको गुनासो छ।

मन्त्री पौडेलले बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका थिए। सो क्रमम परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको बताएका थिए।

विद्यार्थीको धेरै गुनासो रहेको भन्दै मन्त्रीले गुनासो नआउने गरी काम गर्नेतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गरेका छन्। त्रिवि परीक्षा नियन्त्रक कार्यालयले भने जनशक्ती अभाव भन्दै टार्ने गरेको पाइएको छ। परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारीको दरबन्दी कायम छ। तर, १३७ जनाले काम गर्दै आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। त्रिविले अंक चढाउन कम्प्युटर प्रणालीमा दक्ष जनशक्तीको अभाव हुँदा सकस भएको बताउँदै आएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको