ईश्वरपुर : सडक निर्माणको विषयमा वडाध्यक्ष र स्थानीयबीच झगडा


२४ माघ,सर्लाही। सडक निर्माणको विषयमा ईश्वरपुर नगरपालिकामा सडक विस्तारका लागी वडाध्यक्ष र स्थानीयबीच झगडा भएको छ।

ईश्वरपुरमा वडाध्यक्षको समूहले कुटपिट गर्दा ईश्वरपुर नगरपालिका(१२ निवासी सुधाकर ढुंगेल घाइते भएका छन्। गत शुक्रबार दिउँसो सोही वडाका वडाध्यक्ष नागेन्द्र पाख्रिनले सडक निर्माणको सामान्य कुरालाई लिएर आफूमाथि ढुंगा प्रहार गरेका ढुंगेलको आरोप छ।

ढुंगाले लागेका ढुंगेलको टाउकोमा चोट लागेको छ। यद्यपि वडाध्यक्ष पाख्रिनले उनलाई सामान्य चोट मात्र लागेको बताएका छन्।

सडक विस्तारका क्रममा आफूले एकलौटी सडक दिँदासमेत वडाध्यक्षले अनावश्यक बखेडा झिकेर विवाद सिर्जना गरेको ढुंगेलको आरोप छ। ढुंगेलले भने, “त्यसमा पनि वडाध्यक्षले यहाँबाट दे, त्यहाँबाट हुँदैन भनेर जबर्जस्ती गरिरहेका छन्।”

छिमेकी साँधबालाले दुवै तर्फबाट बराबर बाटो दिन नमानेपछि ढुंगेलले आफ्नो बारीको बीचबाट एकलौटी बाटो दिएका बताएका छन्।

वडाध्यक्ष पाख्रिनले छिमेकी साधवालासगँ साँठगाठ गरेर आफूलाई एकलौटी पेलेर सडक निर्माण गर्न खोजेको उनको आरोप छ। वडाध्यक्षले गुन्डागर्दी शैलीमा केही समूहलाई बोलाएर उनकै आदेशमा आफूमाथि कुटपिट गरेका ढुंगेलले बताए।

वडाध्यक्ष पाख्रिनले भने ढुंगेलले आफ्ना दाजुको जग्गामा बाटो नपर्नेगरी आफूले एकलौटी आफ्नो मात्र जग्गामा पर्नेगरी बाटो लैजान खोजेका बताएका छन्। उनले भने, “यो ३०र४० वर्षअघिको बाटो हो। उहाँले आफ्नो दाइलाई पाखा लगाएर आफ्नो मात्र स्वार्थ हेरे यस क्रममा मैले त्यसो नगर्नभन्दा ममाथि आक्रमणको प्रयास भयो।”

आफूले बाटो बनाउने क्रममा सबैलाई बराबरी हुनुपर्ने बताए पनि ढुंगेलका मान्छेहरूले भनाभनको भिडियो बनाएर ढुंगा हान्न खोज्दा अवस्था सामान्यभन्दा बाहिर गएको बताएका छन्।

इलाका प्रहरी कार्यलय केशरगंजका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले यस विषयमा बुझ्ने काम भइरहेको बताएका छन्। कुटपिटका घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। कसले र किन कुटपिट गरेको भन्नेबारे वडाध्यक्ष त्यहीँ भएकाले बुझ्ने काम भइरहेको ढुंगानाले बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको