अझै खुलेन त्रिभुवन राजपथ


२३ माघ । मकवानपुरको उच्च पहाडी भूभाग सिमभन्ज्याङ र दामन क्षेत्रमा भारी हिमपात कारण अवरुद्ध रहेको त्रिभुवन राजपथ शनिबार बेलुकासम्म सञ्चालनमा आउन सकेको छैन ।

राजमार्ग सञ्चालनमा ल्याउन थाहा नगरपालिकाले डोजर प्रयोग गरेको छ भने प्रहरी पनि खटिएका छन् । डोजरले सडकमा जमेको हिउँ फाल्ने काम भइरहेको छ । प्रहरीले सावेलले सडकको हिउँ पन्छाइरहेका छन् । ‘हिउँ पन्छाउन शुक्रबार बिहानदेखि सुरु गरेको अहिलेसम्म सकिएको छैन,’ इप्रका पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले भने । ‘अझै डेढ किलोमिटर सडकको हिउँ पन्छाउन बाँकी छ । आइतबार दिउँसोदेखि राजमार्ग सञ्चालनमा आउन सक्छ ।’

बिहीबार राति वर्षासँगै भारी हिमपात भएकाले हेटौंडा–काठमाडौं जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथअन्तर्गत सिमभन्ज्याङ र दामन क्षेत्रको सडकमा एक फिटभन्दा बढी हिउँ जमेको हो । त्रिभुवन राजपथको दामनदेखि गोलमोडसम्म हिउँ जमेको छ । हिउँप्रेमीहरू शुक्रबारदेखि सिमभन्ज्याङ र दामन क्षेत्रमा पुगेका छन् । उक्त क्षेत्रका होटल लजहरू अहिले भरिभराउ छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको