
२१ माघ बर्दिबास । इलाका प्रहरी कार्यालय बर्दिबासले ८६ किलो प्रतिबन्धित लागुऔषध गाजा बरामद गरेको छ ।
चेकजाँचका क्रममा काठमाण्डौवाट सिन्धुली हुँदै बर्दिवासतर्फ आएको बोलेरोमा ८६ किलो गाजा अहिले भर्खरै साझ बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
बर्दिवास(३ स्थित इलाका प्रहरी कार्यालयको अगाडी चेकपोष्टमा बा १२ च ३९५५ नम्बरको बोलेरोको पछाडीको हुटमा लुकाएर ल्याएको उक्त गाजा सहित बोलेरो चालकलाइ समेत पक्राउ गरेको प्रहरी उपरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
विशेष सुचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो साखा बिरगंजवाट आएको टिमसहित इलाका प्रहरी कार्यालय बर्दिवासले उक्त गाडीलाइ दिनभर निगरानीमा राखेको थियो ।
बोलेरो सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भएका ३१ बर्षिय रमेश राणा मगरले चलाइ ल्याएको र थप अनुसन्धानको लागी उन्लाइ समेत हिरासतमा लिएको प्रहरीको भनाइ छ ।
बोलेरोको हुडमा कालो पलाष्टिकले छोपेर ल्याएको ८ पोकामा डिजिटल तराजुले तौलने क्रममा ८६ केजी ३६५ ग्राम गाजा रहेको प्रहरीले जानकारी दिएको छ ।









