बर्दिबासमा पूर्व–पश्चिम राजमार्ग बन्द गराउन उत्रेका जनमत पार्टीका १० जना नेता कार्यकर्ता पक्राउ


२० माघ । राजमार्ग बन्द गराउने उद्देश्यले आन्दोलनमा उत्रेका जनमत पार्टी महोत्तरीका १० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

सरकारले किसानको माग नसुनेको भन्दै पूर्व–पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका १० जना नेता तथा कार्यकर्तालाई बर्दिबासबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतोसहित रहेको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाले जानकारी दिए । पक्राउ पर्ने अन्यमा पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास–६ का विनोदकुमार महतो, बलवा नगरपालिका ६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका–१ का वडाध्यक्ष वीरेन्द्र महतो रहेका छ्न ।

बर्दिबास १ स्थित रातु पुलमा दिउँसो ४ बजे थप तनावग्रस्त भएपछि चार जनालाई पक्राउ परेका स्रोतले जनाएको छ ।

किसानको आन्दोलनलाई निस्तेज बनाइएको भन्दै प्रदेश सरकारलाई दबाब दिने उद्देश्यले राजमार्ग ठप्प बनाउने कार्यक्रम रहे पनि खासै असर देखिएको छैन । यात्रुलाई कुनै सास्ती नहोस् भन्ने उद्देश्यले सुरक्षाकर्मीहरू बिहानैदेखि सडकमा तैनाथ गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको