विदेश जाँदै हुनुहुन्छ झुक्किएर पनि सूर्तिजन्य पदार्थ नबोक्नुहोस्


२० माघ । तपाईँ नेपालबाट विदेश यात्रा गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने झुक्किएर पनि सुर्तिजन्य पदार्थ नबोक्नुहोस् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नेपालबाट विदेश जाने यात्रुलाई साथमा सूर्तिजन्य पदार्थ नबोक्न सचेत गराएको छ । कार्यालयले सुचना निकाले पछि विभिन्न एअरलाइन्स कम्पनीले पनि यात्रुलाई सूर्तिजन्य पदार्थ नबोक्न अनुरोध गर्दै सुचना निकालेका छन् ।

यात्रुले साथमा चुरोट, खैनी, सुर्ती, परागजस्ता बस्तु साथमा राख्न पाउने छैनन् । यसका साथै मासुजन्य खाद्य पदार्थ र विभिन्न प्रजातिका बोटविरुवा लैजाँदा समेत क्यारेन्टिन कार्यालयबाट अनुमति लिएर मात्र लैजान पाइन्छ । मासुजन्य कुरा लैजाने हो भने क्यारेन्टिन कार्यालयबाट अनुमति लिन भनिएको छ ।

वैदेशिक रोजगार विभाग र महानगरिय प्रहरी कार्यालय रानी पोखरीको पत्र प्राप्त भएपछि एअरलाइन्स कम्पनीले पनि यस्तो अनुरोध गरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको