भक्तपुर प्रशासनले दर्ता गर्‍यो ओलीविरुद्धको उजुरी


१७ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको उजुरी दर्ता भएको छ । भक्तपुर प्रशासन कार्यालयले ओलीविरुद्ध उजुरी सोमबार दर्ता गरेको हो ।

उजुरीमा अध्यक्ष ओलीमाथि संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही माग गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार सोमबार एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी दर्ता भएको हो ।

संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसुर गरेको भन्दै आइतबार अभिजित अधिकारी र वीरेन्द्र मडैले हुलाकमार्फत् उजुरी दिए थिए । आइतबार दर्ता नभएको उजुरी सोमबार दर्ता भएको हो । ओली आफू कोरोना संक्रमित हुँदाहुँदै १२ माघमा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको