महोत्तरीमा विद्यार्थीका लागि आयो ७४ हजार मोडर्ना खोप : तर अभियान अन्योलमा


१७ माघ । महोत्तरीका १२(१७ वर्ष उमेरका विद्यार्थीको लागि ७४ हजार ४ सय २१ मोडर्ना खोप आइपुगेको छ । १५ माघदेखि २० माघसम्म लक्षित उमेर समूहका लागि खोप लगाइसक्ने लक्ष्य अनुसार उक्त खोप आइतबार जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी आइपुगेको हो ।

खोप संख्या जिल्लाका विद्यार्थीलाई पर्याप्त भए पनि अभियान अन्योलमा परेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य प्रमुख भोला यादवले जानकारी दिए । स्वास्थ्य कार्यालय महोत्तरीका लक्ष्मेश्वर झाका अनुसार खोप र स्वास्थ्य परिचालन गर्ने सम्बन्धमा जिल्लामा अहिलेसम्म तयारी भएको छैन ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालसमेत कोरोना पोजिटिभका कारण आइसोलेसनमा रहेकाले खोपका सम्बन्धमा तुरुन्त निर्णय लिन नसकिएको झाको भनाइ छ । निमित्त प्रमुख जिल्ला अधिकारीसँग बैठक बसेर खोप अभियानको कार्यतालिका बनाउने छौं स्वास्थ्य कार्यालय प्रमुख यादवले भने ।

स्वास्थ्य कार्यालयले बुस्टर डोजको समेत तयारी गरेको छ । सोमबारदेखि २१ माघसम्म बुस्टर डोजको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बुस्टर डोज लगाउन पहिलो र दोस्रो खोप लगाएकाले ६ महिना कटेको हुनुपर्नेछ भने खोपका लागप वृद्ध, संचारकर्मी, स्वास्थ्यकर्मी तथा फ्रण्टलाइनमा खटिने जुनसुकै उमेर समूहकाले खोप लगाउन सक्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको