लोक सेवा र त्रिविको परीक्षा स्थगित


६ माघ । आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।

बिहिवार बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिएका छन् ।

उपसचिवको परीक्षा माघ ११ गतेदेखि तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । भोलि र पर्सि हुने प्रवेश परीक्षा भने यथावत रहने त्रिविले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको