ज्ञानेश्वर सहानी नवलपरासी
२७ पुष । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १ मा रहेको परिवार नियोजन संघ नवलपरासीको सभाहलमा नगरबासीको सरोकार स्वच्छ,पारदर्शी,विकासमुखी स्थानीय सरकारू भने मुल नाराको साथ ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम शुभारम्भ भएको छ ।
रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रममा रामग्राम नगरपालिकाको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम शुभारम्भ भएको थियो ।
नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले स्वास्थ्यकर्मीहरुलाई समय समयमा क्षेमता अभिवृद्धि कार्यक्रम गर्न जरुरी रहेको बताउनु भएको छ। पश्चिम नवलपरासीमा पहिलो पटक रामग्राम नगरपालिकाले ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम हुन लागको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको भनाई रहेको थियो।
रामग्राम नगरपालिका भित्र रहेको सुत्केरी महिलाहरुको लागि निःशुल्क सेवा दिनको लागि निस् शुल्क एम्बुलेन्स सेवा सञ्चालन यहि माघभित्र एम्बुलेन्स सेवा सञ्चालन हुन लागेको नगर प्रमुख गुप्ताले जनकारी दिनुभयो ।
शुभारम्भ गदै रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले व्यानर पढेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो।
रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाको हेल्थ असिस्टेन्ट सुरज गौतमले ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षेमता अभिवृद्धि कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।
सुहारा वेश नेपालका संयोजक कृष्ण गुरुङको विशिष्ट अतिथि तथा रामग्राम नगरपालिकाका बिभिन्न स्वास्थ्य चौकीबाट आउने स्वास्थ्यकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रम संचालक सुक्रौलि स्वास्थ्य चौकीका ईन्जार्च बलराम सापकोटाले गर्नु भएको थियो ।









