२४ पुष । सप्तरीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका(८ निवासी २० वर्षीय परमान्द महतो र विष्णुपुर गाउँपालिका( ४ निवासी २३ वर्षीय तेजनारायण यादव रहेका छन् ।
दुवैजना भारतबाट नेपालतर्फ साइकलमा आइरहेका बेलामा प्रहरीले राजगढ गाउँपालिका( ६ बनैनियाँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले एसपिएम प्रोक्सिभोन ४०८ थान, नाइट्राभेट(१० लेखिएको ४ थान र डाइलेक्स डिसी सय एमएलको ४ थान बरामद गरेको छ ।
नियन्त्रणमा रहेका दुवैजनालाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ ।









