सरुवा रोग‌ सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन


ज्ञानेश्वर सहानी, नवलपरासी

१५ पुस । रामग्राम नगरपालिकको स्वास्थ्य शाखाको आयोजनामा विभिन्न सरुवा रोग‌, नसर्ने ,जुनेटिक मानसिक स्वास्थ्य सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ।

रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको कार्यक्रममा विभिन्न प्रकारका सरुवा रोग‌ ,नसर्ने ,जुनेटिक मानसिक स्वास्थ्य सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम रामग्राम नगरपालिकाको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा सुरु भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले यस्तो विषम परिस्थिति सरुवा रोग अर्थात कोभिड(१९ ले गर्दा नै आएको हो भन्दै आगामी दिनमा यस्ता सरुवा रोगबाट नगर वासी हरुलाई संरक्षण गर्न यस्तो तालिम जरुरी रहेको बताएका छन्। नगरपालिकाले हरेक समयमा जनताको साथमा रहेको बताउँदै कोभिड(१९ को तेस्रो संक्रमण नेपालमा पनि बृद्धि भईरहेको ले सचेत रहन तथा सम्पूर्ण स्वास्थ्कर्मीहरु लाई जनताको सेवामा खटिन निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा रामग्राम नगरपालिकाको उप प्रमूख रम्भा कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रशाद रेग्मीले मन्तव्य राखेका थिए भने स्वास्थ्य स्वयंसेविकाहरू र‌ शिक्षकहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको