बर्दिबास : जबरजस्ती करणी गर्न खोज्ने एक बालक पक्राउ


१० पुष,महोत्तरी । महोत्तरीको बर्दिबास नगपालिका – ९, पशुपतिनगरमा जबरजस्ती करणी गर्न खोज्ने एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका बर्दिबास नगरपालिका – ७, मनहरीपुर बस्ने १४ वर्षीय अर्जुन यादवलाई सनीबार चौलीखा प्रहरी चौकीले पक्राउ गरेको हो ।

घाँस काट्ने क्रममा यादवले ती बालिकालाई आपराधिक बल प्रयोग गरी जबरजस्ती करणी उद्योग गरेको भन्ने प्राप्त जानकारीको आधारमा चौलीखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई जाँच बुझ तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबास पठाएको चौलिखा प्रहरी चौकीका इन्चार्ज महेन्द्र प्रसाद यादवले जनाए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको