मित्रराष्ट्र विरोधी मानसिकता बढाउने फिल्मले द्वन्द सृजना गर्छ : अध्यक्ष पठान


१६ मंसिर,कपिलवस्तु । केही दिनदेखि नेपालको एउटा फिल्मको भिडियो क्लिप भाइरल भइरहेको छ । गोल्डेन आई फिल्म कम्पनीको ब्यानर र दयाराम दयालको निर्देशन तथा राजेश हमालद्वारा अभिनित नेपाली कथानक चलचित्र ूदशगजाू मा भारतीय एसएसबी लक्षित केही बेरको भिडियो क्लिप अहिले विभिन्न फेसबुक आईडीमा भाइरल भइरहेको पाइएको छ ।

दशगजाू फिल्म को भाइरल भिडियोमा भारतीय एसएसबी प्रतिको जनआक्रोस देखाउन खोजेपनि मित्र राष्ट्रलाई घोच्याउने मानसिकता बढी नै रहेको इण्डो(नेपाल समाजिक मञ्चका राष्ट्रिय अध्यक्ष अकरम पठानको भनाई छ ।

अध्यक्ष पठानले मित्रराष्ट्र विरोधी मानसिकता बढाउने फिल्मले समाज र दुईदेश बीच द्वन्द सृजना गर्ने बताउनुभयो । उनले रोटीबेटीको सम्बन्ध रहेको भारत नेपालको सबभन्दा असल मित्र हो , भुकम्पदेखि लिएर बाढी पहिरोमा राहत होस अथवा पुर्वाधार निर्माण लगायत पुनर्निर्माणसम्ममा सहयोग गर्दै आएको छ ।

यस्ता चलचित्रले निर्माता कम्पनीको त क्षणिक फाइदा हुन्छ तर दुई देशका जनतामा बैमन्स्यता फैलाइदिन्छ जुन सुरक्षा र समृद्धिका दृष्टिकोणले दुवैदेशका लागि हानिकारक हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको