१६ मंसिर धनुषा । जनकपुरको एक होटलमा तिन दिन सम्म बन्धक बनाएर जर्बजस्तिकरणी गरेको आरोपमा दुई जना युवक पक्रउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ४ ढाडीका ३० वर्षीय जितेन्द्रकुमार र ३२ वर्षिय अरुणकुमार महरालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये जितेन्द्रलाई तिन दिन अघि जनकपुरबाट र अरुणलाई विदेह नगरपालिका बाट बुधबार प्रहरीले नियन्त्रणमा लियको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी प्रवक्ता तथा नायब निरिक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
जर्बजस्ति करणी गरेको उजुरीका आधारमा उनिहरुलाई पक्राउ गरेका छन् । जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासदमा राखेर घटनाको थप अनुसन्धान भैरहेको उनले बताए ।
आरोपित जितेन्द्र र अरुणमाथि पिडित बालिकाकी सानिआमा शनिचेरीदेवी महराले जिल्ला प्रहरी कार्यलय धनुषमा उजुरी दर्ता गराएकी थिईन ।
उजुरीमा आरोपितहरुले भतिजी पर्ने बालिकालाई जनकपुरको शिबचोकस्थित एक होटलमा बन्धक बनाएर असोज ३ देखी ६ गतेसम्म जर्बजस्ति करणी गरेको आरोप छ ।
बेपता भएको तिनदिन पछि घर आएकी बालिकाले घटना बारे जानकारी गराएपछी असोज ६ गतेकै दिन प्रहरीमा उनिहरुमाथि उजुरी दिएको शानिआमा शनिचेरीदेविले बताईन् ।









