महोत्तरीमा हतियार प्रहार गरी एक महिलाको ह’त्या


१५ मंसिर,महोत्तरी। महोत्तरीमा एक महिलाको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

लोहारपट्टी नगरपालिका ६ लोहारपट्टी बजार नजिक बस्ने सुरेन्द्र मण्डलकी श्रीमती ३४ वर्षीया रुबी मण्डलको ह’त्या भएको हो ।

राति आफ्नै घर नजिक अज्ञात समूहहले टाउँकोसहितको विभिन्न भागमा धरीलो हतियार प्रहार गरी ह’त्या भएको महोत्तरीका प्रहरी उपरीक्षक एसपी दिनेश आचर्यले जानकारी दिए ।

बिहान महिलाको हत्या भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

एसपी आचार्यका अनुसार राति ढोका लगाएर घरमा बसिरहेका बेला बाहिरबाट अपरिचित व्यक्तिले बोलाएर घरबाट केहि पर लगि धारिलो हतियार प्रहार गरी ह’त्या गरेको मृतकका छोराले बयान दिएका छन् ।

ह’त्या कसले किन गरेको भन्ने विषयमा घटनास्थलको अनुसन्धान जारी रहेको एसपी आचार्यले बताए ।

मृतककी श्रीमान वैदेशिक रोजगारको शिलशिलामा भारतको पन्जाबमा छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको