एमाले अध्यक्षमा केपी शर्मा ओली ठूलो मतान्तरले विजयी


१४ मंसिर,सौराहा । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् ।

मंगलबार बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले प्रतिद्वन्द्वी डाभीमबहादुर रावललाई ठूलो मतान्तरले हराएका हुन् । योसंगै ओली पुनः पाँच वर्षको कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले १८०८ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा भीम रावलले २२३ मत पाएको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले पुष्टि गरेका छन् ।

आयोगले औपचारिक मत परिणाम भने अझै घोषणा गर्न बाँकी रहेको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए ।

१० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको