सर्लाहीमा कांग्रेस वडा अधिवेशनमा विवादपछि गोली चल्यो


१२ मंसिर। सर्लाही जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेको छ ।

सर्लाहीको बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशन चलिरहेको अवस्थामा विवाद हुँदा प्रदेश–२ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका पर्सनल सेक्युरेटी अफिसर पीएसओले गोली चलाएका हुन् ।

विवाद हुँदा मन्त्रीलाई समेत धकेलाधकेल गरिएपछि उनका पीएसओले गोली चलाएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले १ राउड हवाई फायर गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको