महोत्तरी ।
महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसग कुरा गर्दै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी साक्यले माधब नेपालले भनेर नै सरकारको नेतृत्व गरेको बताएकी छन ।
आफ्नो सरकार अहिले अल्पमतमा रहेको र छिट्टै बिस्वासको मत लिने बताइन ।
नेकपा एमालेको आन्दोलनलाइ मजबुत बनाउन माधव नेपालको महत्वपुर्ण योगदान रहेको बताउदै उन्ले माधब नेपाललाइ संस्थापन पक्षमा नै फर्किन आग्रह गरेको बताएकी छन ।
ञमैले माधव कम्रेडलाइ पटक–पटक नेकपा एमाले नै फर्किन आग्रह गरेको छु । तर वहाँले पाटी नै दर्ता गरिसक्नुभयो । वहाँको आफ्नै कुरा होला उन्ले भनिन ।
आफू सरकारमा जादा नेकपा एस दर्ता नभएको र अहिले बागमती प्रदेशमा १३ जना प्रदेशसभा सदस्य नेकपा एस तर्फ गएर नै अल्पमतमा परेको मुख्यमन्त्री साक्यको जिकिर छ ।
माधव नेपालले नया पाटी खोलेर नेकपा एमाले अत्यन्त कमजोर रहेको तर्फ ध्यानाकर्षण गराउदै नेकपा एमालेको उपलब्धी र योगदानलाइ बचाइराख्न नेता तथा कार्यकर्ताहरुलाइ उन्ले आग्रह गरिन ।
उन्ले बागमती प्रदेश सरकारको आयु लामो नभएको तर्फ संकेत गर्दै सरकारको आयु दुई दिन मात्रै भएपनी जन्ताको पक्षमा काम गरेर देखाउने प्रतिबद्धता जनाइन ।
महोत्तरीमा अझै जिल्ला समीकरणमा बिवाद रहेको र अहिलेसम्म जिल्ला कमिटीका पदाधिकारीहरुले सपथग्रहण समेत नलिएको तर्फ प्रदेश सांसद शारदा देवी थापाले मुख्यमन्त्री साक्यलाइ ध्यानाकर्षण गराएका थिए ।
उन्ले भने महोत्तरीका कार्यकर्ताहरु माउ विनाको चल्ला बनेका छन त्यसका लागी यस जिल्लालाई केन्द्रले विषेश ध्यानमा राखि अगाडी बढान मुख्यमन्त्री साक्यलाइ आग्रह गरेका थिए ।









