प्रदेश न. २ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले बारा जिल्लाको निजगढ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय निरिक्षण गरेका छन् । मन्त्रि साहले कार्यलयमा देखापरेका भौतिक पुर्वाधारका समस्याहरुलाइ समाधान गर्ने सन्दर्भमा सुधार गर्नको लागि उनि प्रतिबद्ध रहेको बताएका छन् ।
निरीक्षणको क्रममा पार्टीका नेता एवम कार्यकर्ताहरु संग भेटघाट र विकास सम्बन्धि अन्तरक्रिया पनि गरेका छन् । भेटघाटको क्रममा कार्यकर्ताहरुले दिएको सुझाव अनुमोदन गर्दै धन्यवाद व्यक्त गरेका छन् । उक्त कार्यक्रमको आयोजक निजगढ नगर पार्टी र पार्टीका प्रदेश २ समितिका सदस्य रबिराज दाङललाई विशेष धन्यवाद दिदै उक्त कार्यक्रम सम्पन्न भएको छ ।









