७ भदौ, महोत्तरी । महोत्तरीको औरही सडकमा बाईक आफै अनियन्त्रित भई दूर्घटना हूदा दूई जना घाईते भएका छन् ।
गोनरपूरबाट सोनमातर्फ जादै गरेको ज.८ प.६४२९ नम्बरको मोटरसाईकल दूर्घटना हूदा मोटरसाईकल चालक जिल्ला महोत्तरी सोनमा गा.पा.वडा नम्बर १ बस्ने बर्ष ५५ को बिल्टु ठाकूरको अनूहारमा चोटपटक लागीएको छ ठाकूरलाई गौशला स्थित बि.के.हेल्थ केयरमा उपचार भईराखेको छ ।
मोटरसाईकलको पछाडी बस्ने सवार निजको श्रिमति बर्ष दूखनी देबीलाई हातमा सामान्य चोटपटक लागीएको हूदा स्थानिय क्लिनिकमा उपचार भईरहेको छ । स्वास्थ्य अबस्था भने दूबै जनाको सामान्य रहेको ईलाका प्रहरी कार्यलय गौशलाका प्रहरी निरिक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनू भयो ।
दूर्घटनामा परेको मोटरसाईकलाई ईलाका प्रहरी कार्यलय गौशलाको नियन्त्रणमा रहेको बस्यालले बताए ।









