६ भदौ, पर्सा। सिमा नाकाको सुरक्षा हेर्ने मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको रहस्य बाहिर आएको छ । सोतका अनुसार बोर्डर आउट पोष्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर सन्जिब बानियाँले भिस्वा सिमा नाकाबाट सेटिङमा तस्करी गराएको खुलासा भएको हो।
सशस्त्र प्रहरी निरीक्षक बानियाँले तस्करीको लाइन दिएकाहरूमा भिस्वाबाट किशोर जयसवाल, उनका छोरा मुना जयसवाल र उनका भतिज रामु जयसवाल मुख्य छन् ।
उनीहरुको तस्करीका समान ठेक्कामा सिमानाका कटाउनेमा भिस्वाका लडु र सिकटाको पप्पु रहेका छन् । उनीहरूले नेपालबाट चाईनिज स्याउ , चाईनिज १० फिटे ईन्चीटेप ,कुखुराको दाना ,चुरोट , युनीलीवर कम्पनीका सबै समान रहेका छन्।
तस्कर र प्रहरीको मिलेमतोमा फेयरलवली, फेयरलवलीको पाउच ,प्रोस्टाइल तेल ,क्लोजअप पेस्ट, सन फ्लावर तेललगायतको करोडौको सामान भन्सार छलेर नेपालबाट भारत पुग्ने गरेको छ । त्यस्तै, अर्को टोलीले भारतबाट कपडा ,किराना आईटम, हार्डवयर, मेसीनरी पार्ट्स, सुर्ती, गुट्खा, नेपाली रक्सीको ठूलो कारोवार गरिरहेका छन् ।









