लागुऔषध मुद्दाका एक फरार ८ वर्षपछि पक्राउ


५ भदौ, पर्सा । पर्सामा लागुऔषधसहित एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध चरेस मुद्दाका एक फरार प्रतिवादीलाई ८ वर्षपछि बारा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ९साविक मिर्जापुर गाविस ९ छिपहरमाई गाउँपालिका १ का ५१ वर्षीय रामेश्वर महतो रहेका छन् ।

महतो ०७० जेठ २६ देखि फरार थिए । महतो आफ्नै घरको शौचालय पछाडि परालमा लुकाएर राखिएको १८ किलो चरेस बरामद मुद्दामा फरार थिए ।

त्यस्तै प्रहरीले अन्य पाँच फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको टोलीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीहरु पर्साका सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने ३५ वर्षीय अनिल सहनी, सोही गाउँपालिकाका ४० वर्षीय किशोर सहनी र ५० वर्षीय भरत सहनीलाई पक्राउ गरेको हो ।

त्यस्तै चरेस मुद्दाका फरार प्रतिवादी पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीय शेखर महतोलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको