साढे चार किलो चरेससहित तीन जनालाई पक्राउ


५ भदौ कञ्चनपुर । साढे चार किलो चरेससहित कञ्चनपुरबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालका(७ का २१ वर्षीय किशोर सिंह, कृष्णपुर नगरपालिका(२ का ३६ वर्षीय गणेश भण्डारी र बझाङ छबिसपाथीभेरा गाउँपालिका(५ का ३२ वर्षीय झलक जाग्री रहेका छन्।

कृष्णपुरका गगन धामीको घरमा पाहुना आएका तीन जना व्यक्तिले चरेसको कारोबार गरिरहेको सूचनाका आधारमा शुक्रबार अपराह्न प्रहरीको टोली त्यहाँ पुगेको थियो।

घरमा तलासी लिँदा चार किलो ४९० ग्राम चरेस फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

तिनै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए।

यसअघि प्रहरीले बुधबार भीमदत्त नगरपालिका(१२ ऐरीबाट २० वर्षीय सुदर्शन भारतीलाई १४ ग्राम ब्राउनसुगर र नगदसहित पक्राउ गरेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको