महोत्तरी ः सोनमा गाउँपालिका पानि निकास नगरी ढलान गरेको कारण बस्ती डुवानमा


Deep Diamond

नरेन्द्र महतो

५ भदौ । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका केही घर डुवानमा परेका छन। उक्त गाउँपालिकाको वडा न।।५ खैरववनि गाउँका घर डुवानमा परेका छन। जुन प्रदेश सभा सदस्य कौशल कुमार यादवको जन्मभुमि गाउँ पनि हो। पानि निकासको व्यवस्था नगरेर ढलान गरेको कारण घर डुवानमा परेको स्थानियहरुले बताए ।

एक महीना देखि वर्षाको पानी घर घरमा रहेको कारण आफुहरुलाई ठुलो सास्ति बेहोर्नु परेको तर पानी निकासको लागि कसैेले ध्यान नदिएकोमा स्थानियहरुले गुनासो गरेका छन् ।

वडा अध्यक्ष राम विनय यादव गाउँको भए पनि कुनै चासो नलिएको कारण घर डुवानमा परेको एक थरीका तर्क रहेका छन । यो ढलान प्रदेश सरकारको बजेटबाट भएको कारण वडा अध्यक्षले कुनै चासो नलिएको केहि स्थानिहरुको बुझाईछ ।

यता आफुलाई सासंद डा। सुरेन्द्र यादव ,,प्रदेश सभा सदस्य कौशल यादव तथा गाउँपालिका अध्यक्ष राज कुमार यादवले कुनै सहयोग नगरेर पटक पटक अवरुध गरेको कारण गाउँमा रहेको घरहरु डुवानमा परेको वडा अध्यक्ष राम विनय यादवले बताएका छन ।

सिडियो काहाँ गए पनि स्थानिय सरकारको हाथमा सवै अधिकार दिएको कारण आफु केही गर्न नसकेको यादवले स्पष्ट पारे । आफु नेपाली कांग्रेस बाट वडा अध्यक्षमा निरर्वाचित भएको कारण उनिहरुले गरेको काम पनि विगार्ने खोजि उनको आरोप छ।यति मात्र होईन सहयोग गर्ने ठाउँमा पनि असहयोग गरेकोले जनतालाई सास्ति बेहोर्नु परेको यादवको भनाई छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको