४ भदौ, काठमाण्डौ । आज प्रदेश नम्बर १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ ।
अन्य धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका केही ठाउँको ठूलो वर्षाको सम्भावना छ ।
विशेषगरी प्रदेश(१ र गण्डकी प्रदेशका एकरदुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेकाले जोखिमयुक्त क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
मौसमविद्का अनुसार अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ । यसले गर्दा लगातार झरी पर्ने सम्भावना भने नरहेको उनीहरुको भनाइ छ ।