माधव नेपाललाई नयाँ पार्टी दर्ता प्रक्रियाबाट पछि हट्न आग्रह


४ भदौ, काठमाडौं । नेकपा एमालेका ९ नेताले पार्टी एकता र विधिसम्मत सञ्चालनका लागि अपिल गरेका छन् । साथै, माधव नेपाललाई नयाँ पार्टी दर्ता प्रक्रियाबाट पछि हट्न आग्रह गरेका छन् ।

माधव नेपाल निकट मानिएका एमाले ९ नेताले धैर्य गर्दै सकारात्मक भूमिका निर्वाह गर्न सबैमा अपिल गरेका हुन् ।

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले संयुक्त वक्तव्य गर्दै यस्तो अपिल गरेका हुन् ।

उनीहरुले पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन यसअघि कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको तत्काल कार्यान्वयनमा जोड दिएका छन् । पार्टी विभाजनले कसैको हित नगर्ने भएकोले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्तालाई त्यस्तो प्रक्रिया रोकी पार्टी एकताको लागि तत्पर हुन आह्वान गरेका छन् ।

अध्यक्षको हैसियतले पार्टीको हितमा अधिकतम् लचिलो हुँदै वरिष्ठ नेता नेपाललगायत १४ जनालाई गर्ने भनिएको कारबाही लगायत सबै प्रकारका कारबाही रद्द गर्न ओलीलाई आग्रह गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको