
अनुराग यादब , ३२ साउन। लागुऔषध गाँजासहित सिरहा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लहान नगरपालिका–१७ गोबिन्दपुर बस्ने ४० वर्षीय बागेश्वर चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरी टोलीले सोमबार चौधरीको घरबाट १० किलो गाँजा बरामद गरिएको छ ।
प्रहरीले उनको घरमा खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको अवस्थामा पाएपछि चौधरीलाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त बुढाथोकीले बताए ।