पाल्हिनन्दन गाउँपालिका सँग यूवाले मागे तीन बुँदे विवरण 


 

ज्ञानेश्वर सहानी /नवलपरासी/ ३१ साउन ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकासँग युवाहरुले तीन बुँदे कार्यको खर्च तथा प्रगति जानकारी विवरण माग गरेका छन् ।

आइतवार रंजीत शर्मा र विनाेद निगमले संयुक्तरुपमा सुचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउ भनि भन्ने निवेदन दर्ता गराउँदै यस्तो माग गरेका छन्।

पाल्हिनन्दन गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ मा सम्पन्न भएको गाउँपालिका प्रोफाइल हाल सम्म प्रकाशित न भई जनताको माझमा न आएकोले त्यसका सम्पूर्ण लागत रकम विवरण तथा ३ वर्ष बितिसक्दा सार्वजनिक न हुनुको कारण खोलाई बिवरणको सूचनाको माग गरेका छन् ।

चरम विवादमा गाउँपालिकाको कार्यालय बनेको भवनको लागत विवरण हालसम्म सार्वजनिक नभएकोले सम्पूर्ण विवरण जनता समक्ष जानुपर्ने भन्दै गाउँपालिका भवनको लागत रकम जग्गा किनबेच देखी हालसम्म त्यसमा लगानी भएको सम्पूर्ण रकमको विवरणको माग गरेका छन् ।

त्यस्तै इन्धनमा पनि अनियमितता भएको आरोप जनताबाट आई रहँदा आर्थिक वर्ष २०७४/०७५, ०७५/०७६ , ०७६/०७७ र ०७७/०७८ मा खर्च भएको सम्पूर्ण इन्धन खर्च विवरण पाउ भनी माग गरेका छन्।

पाल्हिनन्दन गाउँपालिकाको कार्यालयमा मिति २०७८/०४/३१ गते दर्ता भएको निवेदनको दर्ता नम्बर २६२ मा उक्त सूचनाको हक पाऊँ भनी निवेदनको सम्पूर्ण सूचना यथासिघ्र उपलब्ध हुने सूचना अधिकारी प्रेम भण्डारीले बताएका छन्।

उक्त सूचना नेपालको संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार सूचना उपलब्ध गराउनुपर्ने नेपाल सरकारको प्रवधान रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको