अन्तराष्ट्रिय युवा दिवस मनाउदै जनसहयोगी युवा सञ्जाले स्वास्थ्य तथा शैक्षिक समाग्री वितरण


२८ साउन् बर्दिबास । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले सरसफाई कार्यक्रमसंगै स्वास्थ्य तथा शैक्षिक समाग्री वितरण गरेको छ ।

बर्दिबास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीमा उनीहरु युवा दिवस भव्यताका साथ मनाएका हुन् । बस्तीका एक सय जना बालबालिकाहरुलाई उनीहरुले मिठाई बाँडेका छन् । विद्यालयमा पढ्न सजिलो होस् भनी कपी, पेन्सिल, इलेजर, कटर वितरण गरिएको सञ्जालका अध्यक्ष परमेश्वर महतोले जनाएका छन् ।

बढ्दैं गरेको कोरोना महामारी नियन्त्रणका लागि बस्तीबासीलाई माक्स, सेनिटाइजर जस्ता स्वास्थ्य समाग्री पनि सञ्जालले वितरण गरेको छ ।युुवा दिवसको कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष भरत बहादुर हमाल, बर्दिबास नगरपालिकाको नगर प्रहरीको बिशेष उपस्थिती रहेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको