एसइइको परिक्षाफल आज सार्वजनिक हुँदै..


२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई को मूल्याङ्कन विवरण इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको छ । सबै जिल्लाको नतिजा आज सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो ।

शैक्षिक सत्र २०७७ को एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने परीक्षा बोर्डले तयारी गरिरहेको बोर्डले जानकारी दिएको थियो। । बोर्डमा कुनै प्राविधिक कठिनाइ नभए आज बेलुकासम्म नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए। उनका अनुसार २०७७ सालको एसइई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए।

दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण बढ्दै तीव्र रुपमा फैलिएपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसइई परीक्षा स्थगित भएको थियो। आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरी सार्वजनिक गर्ने गरी जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।

बोर्डले एसइईको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ अनुसार मूल्याङ्कन गर्ने गरी कार्यविधि जारी गरेको थियो । सो कार्यविधिमा सैद्धान्तिकतर्फ कुनै पनि विषयमा कुनै पनि विद्यार्थीले ८० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क प्राप्त गरेमा विषगत शिक्षकले कारण खुलाउनु पर्ने प्रावधान राखेको थियो ्र


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको