१६ साउन,काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंको अगुवाइमा काठमाडौंका विभिन्न स्थानमा जारी खोप अभियान भोली आइतबार पनि निरन्तर रहने भएको छ ।
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रि खड्काका अनुसार तोकिएका खोप केन्द्रहरुमा भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम यथावत रहनेछ ।
जस अन्तर्गत प्रसुती गृह अस्पताल, थापाथली, काठमाडौ मेडिकल कलेज, सिनामङगल, निजामती कर्मचारी अस्पताल, बानेश्वर, शिक्षण अस्पताल, महाराजगन्ज, राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, शसस्त्र प्रहरी अस्पताल बलम्बु गरि ६ स्थानमा अत्यावश्यक सेवामा कार्यरत ब्यक्तिहरुको लागि मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम तय भएको छ ।
त्यस्तै काठमाडौं महानगरपालिकाका ३२ वडाको खोप केन्द्र र अरु १० वटा नगरपालिकाका खोप केन्द्रहरुमा भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम यथावत रहने प्रमुख खड्काले जानकारी दिए ।