
१४ साउन ,धनुषा ।
धनुषाको नगरराईन गरपालिकामा एक सचिव माथि आक्रमण भएको छ ।
नगराइन नगरपालिका–५ गंगुलीका वडा– सचिव सुबोध झालाई साउन ११ गते कार्यालयमै आक्रम भएको हो । स्थानिय ३२ वर्षीय राधेश्याम झा, ३५ वर्षीय भवन झा, ३० वर्षीय आलोक कुमार झा लगायतका व्यक्तिले सामुहिक रुपमा कार्यालय भित्र पसि संघातिक आक्रमण गरेको सिसितिभि रेकडले देखाएको हो ।
साउन ११ गते दिउँसो करिव २ बजे जाँडरक्सी सेवन गरेका आरोपितहरुले वडा सचिवको कार्यकक्षमै पसेर सांघातिक हमला गरेको पिडित सचिवले बताए । उनिहरु जाँड रक्सी खाएर कार्यालयमा प्रवेश गरेका उनीहरुले आधारभुत स्वास्थ्य सेवा कर्मचारीहरुलाई समेत दुव्र्यवहार गर्नुको साथै अश्लिल गालीगलौज र धाक धम्की दिएको बताएका छन् ।
घटनाबारे नगराइन नगरपालिकाका ९ वडाका सचिवहरु कार्यालयको कामकाज बन्द गरेर आन्दोलित भएका छन् । वडा सचिवको कार्यकक्षमै पुगेर आक्रमण घटना हुनु निकै दुःखद र निंदनीय रहेको वडा सचिव धर्मेंद्र मिश्रले बताउनुभयो ।
आरोपितहरुलाई गिरफतार गरि हदैसम्मको कानुनी कारवाही गर्न भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा साउन १३ गते नै उजुरी दिएका छन् ।
हालसम्म आरोपितहरुलाई राजनितिक संरक्षण दिदै गिरफतार नगरिएको पिडित वडा सचिव सुबोध झाले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र कुमार मिश्रका अनुसार घटनाबारे अनुसन्धान भई रहेका छ । हामीले आरोपितहरुको खोजीमा डिएसपी मिश्रले बताउनुभयो ।