जुवा खेलिरहेका अवस्थामा प्रहरीले रंगेहात दुई वडाध्यक्षलाई पक्राउ


१४ साउन, काठमाडौं । जुवा खेलिरहेका अवस्थामा प्रहरीले रंगेहात दुई वडाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्य १३ जना छन् । नियमित गस्तीका क्रममा प्रहरीले जुवा खेलिरहेको थाहा पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

हुम्लाको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट श्रीनगर प्रहरी चौकीले बुधबार उनीहरुलाई पक्राउ गरेको बताइएको छ । अबका दिनमा यस्तो कार्य नगर्ने कागजसहित जरिमाना तिरेपछि प्रहरीले उनीहरुलाई घर पठाएको छ ।

पक्राउ परेका दुई वडाध्यक्षलाई अबदेखि तास नखेल्ने र नखेलाउने कागजसहित अदानचुली ३ का जनकबहादुर विष्टको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको