
१३ साउन, सिरहा । सिरहा, गोलबजारका व्यापारी कोकबा भनिने महेश साह बल्त्कार मुद्दामा फसकेका अदलतले पूर्वपक्षका लागि जेल चलान गरेको छ ।
गोलबजार नगरपालिका ४ का साहलाई गत असार १० मा प्रहरीले पक्राउ गरेको थियो । धनगढीमाई नगरपालिकामा साहको कौशल एग्रो राइस मिल छ । सोही मिलमा एक महिलालाई बोलाएर बला(त्कार गरेपछि उनीमाथि प्रहरीमा उजुरी दर्ता भएको थियो ।
सिरहा जिल्ला अदालतले साहलाई जेल चलानको आदेश दिएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार मुद्दा मिलाउनका लागि सिरहाका कैयौं व्यापारी प्रहरीलाई दबाब दिइरहेको थियो ।