माननीय रेशम चौधरीलाई जसपाले निष्कासन कारबाही गर्‍यो भन्ने हल्ला सत्य हैन खतिवडा


Deep Diamond

१३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाले नेता रेशम चौधरीलाई पार्टीले कारबाही नगरेको बताएका छन्। जसपाको आधिकारिकता विवादमा सनाखत गर्न डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका नेता चौधरी पार्टी विवादमा तटस्थ बसेका थिए। निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ।

‘माननीय रेशम चौधरीलाई जसपाले निष्कासन कारबाही गर्‍यो भन्ने हल्ला सत्य हैन।’ खतिवडाले भने, ‘जसपाको कार्यकारिणी ५३ सदस्यीय छ। कायम ५१ जनामध्ये आधिकारिकताको पक्षमा ३४ ले हस्ताक्षर गर्नुभयो। रेशमजी तटस्थ रहनुभयो। उहाँले अब कानुनी रुपमा आफ्नो इच्छा र पक्षधरता प्रष्ट गर्नु पर्ने हुन्छ। कुरा यति हो।’

आयोग पुगेर जसपा कार्यकारिणी समिति सदस्य रहेका चौधरीले आफू कुनै पक्षमा नभएर जसपाको पक्षमा रहेको प्रतिक्रिया दिएका थिए ।

जनता समाजवादी पार्टी नेपालको मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको थियो। बैठकले लुम्बिनी प्रदेशका तीन जना सांसदलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो।
सोमबार आयोगले ‘हेड काउन्ट’का आधारमा उपेन्द्र यादव पक्षलाई वैधानिकता घोषणा गरिदिएपछि अल्पमतमा परेका ठाकुर पक्षधर स्वत निश्कासनमा परेका हुन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको