टोकियो ओलम्पिक पौडीतर्फ आज नेपाली खेलाडी गौरिका सिंहको खेल


१३ साउन, काठमाडौं । जापानको टोकियोमा जारी ओलम्पिकमा पौडीतर्फ आज नेपाली खेलाडी गौरिका सिंहको खेल परेको छ । एकसय मिटर फ्रिस्टाइलको हिट वानमै परेकी उनको खेल नेपाली समयअनुसार पौने चार बजे हुनेछ ।

गौरिका यो स्पर्धामा दक्षिण एसियाली च्याम्पियन हुन् । उनले दुई वर्षअघि नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । उनको उत्कृष्ट टाइमिङ ५८।१३ सेकेण्डको हो । तर त्यो २५ मिटरको सर्ट कोर्षमा खेलिएको थियो ।

टोकियो आटिकको ५० मिटर लङ कोर्षमा उनले टाइमिङ सुधार गर्ने अपेक्षा गरिएको छ । महिलाको १ सय मिटर फ्रिस्टाइलमा ५२।६२ सेकेण्डको ओलम्पिक कीर्तिमान छ ।

हिट वानमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडीहरु छन् । पौडी खेलाडी अजेक्जेन्डर शाहले हिजो १ सय मिटर फ्रिस्टाइलमै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको