
१३ साउन, काठमाडौं । नेपाली जहाँ पुग्छन अर्थात जुन देशमा पुग्छन् उनीहरुले देशको पनि प्रतिनिधित्व गरिरहेका हुन्छन् । आफ्नो देशलाई चिनाउनु र देश हितमा काम गर्नु उनीहरुका दायित्व र कतव्र्य नै बन्छ । एउटा नागरिकले दिने सन्देशले पनि विदेशी माझ देशको परिचय झल्किन्छ ।
पुर्खाहरुले बहादुर भनेर चिनाए नेपालीलाई संसारभर । अझै पनि त्यही छवि कायम छ विश्वभर नेपालीहरुको । तर पछिल्लो समय धेरै देशमा घटेका घटना र नेपालीहरुले देखाउने गरेको व्यवहारले नेपाल र नेपालीलाई कसरी चित्रण गर्दैछ हालै गैर आवाशीय नेपाल संघ एनआएएनको बेल्जियम शाखाको निर्वाचनको समयमा अन्तिम प्रवेश गरेका अपरिकतको समूहले बुथ कब्जा गर्न खोज्दा कुटाकुट मात्र भएन आम नेपालीलाई लज्जाको विषय बन्यो ।
बेल्जियमको सात वटा बुथमध्ये एन्त्रोपेन बुथमा मतगणनाको त्यहाँ केही भाडाको मोरक्कोका नागरिकहरुलाई ल्याएर मतगणना स्थल तोडफोड गर्ने कार्य मात्र नभइ नेपाली नागरिकहरुमाथि आक्रमण गराउने काम समेत भयो ।
यो काम अरु कसैले नभएर नेपाली नागरिकले नै गरे । जगत हसाएको यो घटनाले फेरि एक पटक नेपालीको नाम अन्तर्राष्ट्रिय जगतमा बदनाम बनेको छ ।
निर्वाचनमा कुटाकुट, नेपालीलाई कुटन भाडाका विदेशी
हिराको शहर भनेर चिनिने बेल्जियमको पुरानो राजधानी एन्त्रोपेनमा लगभग ४ हजार बढी नेपालीको वसोवास रहेको छ । यही शहरमा गत आइतबार गैरआवासीय नेपाली संघ एनआरएनए बेल्जियमको एक निर्वाचन एउटा ‘बुथ’ राखिएको थियो । तर बुथ कब्जा गर्न खोज्दा कुटाकुट नै भयो ।
एन्त्रोपेन बुथबाहेक अन्य ६ वटा बुथमा एनआरएनए बेल्जियमको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । तर, आन्तोर्पेनमा भने निर्वाचनको समय सकिनै लाग्दा स्थानीय समय अनुसार अपराह्न साढे चार बजेको समयमा ४–५ जना मोरक्को मुलका व्यक्तिहरु एक्कासि हलभित्र प्रवेश गरेर मतपेटिका तानेर फुटाउन थालेपछि दुई पक्षबीचमा कुटाकुटको अवस्था सिर्जना भएको थियो ।
केही नेपाली घाइते, मतगणना १२ घण्टा स्थगित
दुई पक्षबीचमा हानाहान भएपछि सुरक्षाकर्मी, निर्वाचन आयुक्त र महिलालगायत उपस्थित भएकाहरुले प्रतिरोध गरे । हालसम्म पनि उक्त घटना किन र कसले, केका लागि घटाउन खोजेको थियो भनेर विस्तृत विवरण आइनसकेको बताइएको छ । दुई पक्षबीच झडप भएपछि मतगणना पनि झण्डै १२ घण्टासम्म स्थगित भएको थियो ।
त्यस दिन हलमा उपस्थित भएकाहरुले बुथमा आक्रमणकारीहरुले बुथमा आक्रमण गर्नुअघि पनि छिरेको बताएका थिए । आफूहरुलाई अध्यक्षका उम्मेदवार चेतप्रसाद भट्टको छोराले बोलाएर आएको ती आक्रमणकारीहरुले बताएको पनि सहभागीहरुले बताएका छन् ।
आक्रमणकारीलाई अहिले कानुनी कार्बाहीको लागि बेल्जियम प्रहरीमा बुझाइएको र घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । कुटाकुट हुँदा कोषाध्यक्षका उम्मेदवार लोकेन्द्र नेपाल, एनआरएनए बेल्जियमकी पूर्वउपाध्यक्ष सारदा अर्याल, क्षेत्री समाज बेल्जियमकी अध्यक्ष मुना केसीमाथि कुर्सी प्रहार भई सख्त घाइते भएका छन।
खड्कबहादुर केसीले मारे बाजी
यसपटकको चुनावमा अध्यक्ष पदका लागि उपाध्यक्ष खड्कबहादुर केसी, वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य व्यवसायी अनुजा प्रधान र सीपी भट्ट चुनावी मैदानमा थिए । तीनै जना बेल्जियममा व्यवसाय गरेर बसिरहेका छन् । जस्मा केसील बाजी मारेका छन् ।
घटनाको सर्वत्र आलोचना जिम्मेवारी कसैले लिएनन्
घट्ना घटेपछि एन आर एन बेल्जियमको सदस्य बितरण तथा नवीकरण समितिको संयोजक तिर्थ धमलाले नियोजित रुपमा उक्त घटना घटेको भन्दै निष्पक्ष छानविन गर्न माग गर्दै विज्ञप्ती जारी गरेका थिए ।
यस्तै सबै गलत क्रियाकलापलाई रोक्न नसक्ने निवर्तमान समिति जिम्मेवार रहेको आरोप लगाउँदै नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटा, नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमका अध्यक्ष, जित लाम, नेपाल संघीय समाज बेल्जियमका महासचिव लोक राना र नेपाली एकता मञ्च बेल्जियमका अर्जुन दाहालले घटनाको छानविनको माग गरेका छन् ।
तर देश भित्रको विकसित राजनीतिक घटनाक्रमको आधारमा विदेशमा पनि राजनीतिक रंग बोकेर हरेक क्षेत्रमा भिड्ने संस्कार बढ्दै गर्दा यस्को घटना बढ्न थालेको हो । बेल्जियमको एनआरएनको निर्वाचनमा पनि केपी शर्मा ओली समर्थक एमाले र नेपाली काँग्रेस, माधवकुमार नेपाल एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनबीच भिडन्त भएको थियो ।