जनचेतना अभियान संचालन गदैं टोल टोलमा रोट्र्याक कल्वका युवाहरु


९ साउन, महोत्तरी । सनिवार हरियो टिसर्टमा पछाडी रोट्र्याक लेखेका एक दर्जन युवाहरुले मास्क नलगाइ हिडने बटुवाहरुलाइ सडकको बिचमा नै रोके ।

एकातिर सर्पले टोकेपछी कसरी उपचार गर्ने भन्ने बिषयमा ब्यानर बोकिएको थियो भने अर्कोतिर मास्क नलगाइ हिडने बटुवाहरुलाइ रोकेर मास्क लगाउन आग्रह गरिरहेको दृश्य देख्न सकिन्थ्यो । त्यस्को सहजिकरणका लागी नेपाल प्रहरिका जवानहरुले साथ दिइरहेका थिए ।

रोट्र्याक कलव बर्दिबासका युवाहरुले सनिवारदेखी संचालन गरेको कोभिड (१९ र सर्पले टोकेपछी अपनाउनु पर्ने सचेतना अभियानको दृश्य हो यो ।

सर्पको टोकाइवाट वर्दिबासमा हरेक बर्ष ज्यान गुमाइरहेको अवस्थामा रोडट्र्याकका युवाहरुले औपचारिकरुपमा नै विभिन्न कार्यक्रम बनाएर सचेतना अभियान संचालन गरेका छन ।

स्थानिय रेडियो, ब्रोसर तथा पम्पलेट, विभिन्न इलोक्ट्रोनिक मिडिया र माइकिङ्गको माध्यमवाट सर्पदन्श उपचार पदतिको बिषयमा सर्वसाधारणहरुलाइ चेतना प्रवाह गरिरहेको रोडट्र्याक युवा कलव बर्दिबासका अध्यक्ष निरज सुबेदिले जानकारी दिए ।

सर्पले टोकेपछी सर्वसाधारणहरुले गर्ने घरेलु उपचार तथा परम्परागत पदती अपनाउदा कतिपयले बर्षेनी ज्यान गुमाइरहेको बताउदै अध्यक्ष सुबेदिले भने ञ हाम्रो यो सचेतना अभियानमा तुरुन्त उपचार केन्द्रमा पुर्‍याउने र कसैको पनि सर्पको टोकाइबाट ज्यान जान जादैन भन्ने सुचना प्रवाह गर्नु मुख्य उदेश्य रहेको छ ।झ

यता युवाहरुले कोभिड(१९ को तेश्रो भेरियन तर्फ पनि सर्वसाधारणहरुलाइ ध्यानाकर्षण गराएका छन । आजै सडकमा मास्क नलगाइ हिडने बटुवाहरुलाई यस्को बिषयमा सचेत गराउदै मास्क अनिवार्य लगाउन उत्प्रेरित गरेका थिए ।

रोट्र्याकका युवाहरुको अभियानको बिषयमा बर्दिबासका स्थानियहरुले समेत निक्कै प्रसंसा गरेका छन । ञउनिहरुको यो अभियानले स्थानियहरुलाइ सचेत रहन सहयोग पुर्‍याउनेमा हामी बिस्वस्त छौ ।झ स्थानिय व्यापारी भास्कर दाहालले भने ।

यो भन्दा अगाडि पनि रोडट्र्याक युवा कलवका युवाहरु आफ्नै खर्चमा बिध्यालयको ट्वाइलेट बनाउनेदेखी बर्दिबासलाइ स्वच्छ र सफा बनाउने अभियानमा लागी पर्दै आएका छन ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको