बागमती प्रदेशमा भारी वर्षाको सम्भावना


९ साउन । मौसम पूर्वानुमान महाशाखाले आज देशभर केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने र बागमती प्रदेशको एक दुई स्थानमा भारी बर्षाको संभावना रहेको जनाएको छ ।

महाशाखाले आज पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । भने, आज बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको